Below is a snapshot of the Web page as it appeared on 4/18/2024 (the last time our crawler visited it). This is the version of the page that was used for ranking your search results. The page may have changed since we last cached it. To see what might have changed (without the highlights), go to the current page.
Bing is not responsible for the content of this page.
Biratnagar Metropolitan, Office of Municipal Executive | Government of Nepal
विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक, व्यापारिक तथा प्रशासनिक केन्द्रको रुपमा समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा. तथा दक्षिणमा भारतको सिमानासँग जोडिएको यो नगर समतल भु—भागमा फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई सर्वसुलभ ढंगबाट सेवा सुविधा उपलब्ध गर्न गराउन भौगोलिक रुपमा जम्मा १९ वटा वडाहरुमा विभाजन गरिएको छ । सम्पुर्ण मोरङ जिल्लाको कुल जनसंख्यामध्ये १९.७७ प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक, स्वास्थ्य लगायतका नागरिकहरुलाई पुर्याउन पर्ने अत्यावश्यक सेवा प्रवाहको क्षेत्रहरुमा पुर्वाञ्चलकै अग्रणी शहरको भुमिका निर्वाह गर्दै आईरहेको छ ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयले कोशी प्रदेश अन्तर्गत कृषि बजारहरुको मुल्यसूचीको व्यवस्थापन गर्ने उदेश्यले सञ्चालनमा ल्याएको वेबसाइट: https://krishibajar.koshi.gov.np/