सहकारी छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने कांग्रेसको अडान कायमै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न दिने भए पनि सहकारी छानबिन समिति नबन्दासम्म संसद्अवरुद्ध पार्ने अडान यथावत् रहेको बताएको छ ।।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न दिने भए पनि सहकारी छानबिन समिति नबन्दासम्म संसद्अवरुद्ध पार्ने अडान यथावत् रहेको बताएको छ ।।
संसद्को संयुक्त सदनमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।
सतही नजरले हेर्दा काठमाडौं सहरमा के–के देखिएला ? सडकमा चिप्लेकिरा झैं घिस्रिरहेका सवारी साधन, ठूल्ठूला भित्ता ढाकिने गरी झल्याकझुलुक गरिरहने डिजिटल विज्ञापन बोर्ड, गज्याङगुजुङ बिजुली तार अनि सपना पछ्याउँदै अनिश्चित जिन्दगीको त्रासमा दौडिरहेका मानिस...! लाग्छ, सडकमा हिँडिरहेका सहरका प्रत्येक मानिसका अनुहारमा दुःखका रंगरेखा कोरिएका छन् ।
भारतीय जनता पार्टीका नेता एवं बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । उपचारका क्रममा सोमबार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । उनी ७२ वर्षका थिए ।
इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाल ९१ वर्षका थिए ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेबारे छलफल भएको छ ।यद्यपि कांग्रेसले औपचारिक रूपमा भने निर्णय सार्वजनिक गरेको छैन।
त्रिभुवन विश्वविद्यालयको करिब १० रोपनी जग्गा कब्जा गरी ढुंगा, गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको छ । एग्रो एन्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला भवन निर्माण परिसरको उक्त जग्गा कब्जा भए पनि त्रिवि र सरकारले बेवास्ता गरेका छन् । २०७३ देखि नै स्थानीय ठेकेदार कवीन्द्र महर्जनले अनधिकृत रूपमा ढुंगा, गिट्टी, बालुवा थुपार्ने गरेको प्रयोगशालाका कर्मचारी बताउँछन् ।
मुम्बईको घाटकोपरमा सोमबार होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन् ।